काठमाडौं, १ चैत । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।
केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।
यो वरीयतामा भारत शिर्षस्थानमा र पपुवान्युगिनी तालिकाको अन्तिममा रहेको छ । file photo