Logo

राष्ट्रपति पौडेललाई उपसभापति गुरुङको सुझाव : सवारीमा सर्वसाधारणलाई दु:ख दिने परम्परा तोड्नुस्



काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ तथा उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर शुभकामना दिँदै सवारीमा विगतको जस्तो सर्वसाधारणलाई दु:ख दिने परम्परालाई तोड्न सुझाव दिएको बताएका छन्।

राष्ट्रपति पौडेललाई शुभकामना दिइरहेको तस्बिर राख्दै गुरुङले ट्‍विटरमा लेखेका छन्, ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो। यस सन्दर्भमा महामहिम राष्ट्रपतिज्यू प्रतिबद्ध हुनुहुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्