Logo

सांसद् बन्ने नेता खोज्दै जसपा



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

जसपाकी समानुपातिक सांसद् शहनाज रहमानको निधनपछि अर्का सांसद्‍बारे ठोस निर्णय गर्न जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।

रहमानको निधनपछि प्रतिनिधिसभातर्फ एक सिट खाली रहेको जसपाले बन्दसूचीमा पेश गरेका उम्मेद्‍वारबाट नाम टुङ्ग्याउन बिहीबार दिउँसो ११ बजे बैठक बोलाएको हो।

मृत्तक सांसद् रहमानको फागुन १३ गते शनिबार भक्तपुरको घ्याम्पेडाँडाँमा पिकनिक गएका बेला एक्कासी ढलेपछि मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

झापाकी ६३ वर्षीया रहमान मुस्लिम समूदायको प्रतिनिधित्व गर्दै सांसद् बनेकी थिईन्। उनी जसपाकी केन्द्रीय सदस्यसमेत थिईन्।

जसपाको मुस्लिम समूदायअन्तर्गत समानुपातिक सूचीमा रहमानपछि दोस्रोमा मञ्जु अन्सारीको नाम रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot