Logo

प्रचण्डको मुद्दाले माओवादीहरुको मनमा ढ्याङ्ग्रो बजेको होइन, चेतना चाहीँ आयो– विप्लव



काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन घटनालाई लिएर परेको मुद्दाले माओवादीहरुमा चेतना आएको टिप्पणी गरेका छन् ।
आज (बुधबार) नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) को पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डविरुद्धको मुद्दाले माओवादीको मनमा ढ्याङ्ग्रो ठोकेको नभई चेतना ल्याउने काम गरेको बताए ।

प्रचण्डमाथि सर्वोच्च अदालतमा परेको मुद्दालाई लिएर सञ्चारकर्मीले माओवादीको मुटुमा ढ्याङ्ग्रो ठोकेर पार्टी एकता सुरु भएको हो ? भन्ने प्रश्नमा उनले भने‘ढ्याङ्ग्रो बजेको होइन, चेतना चाहिँ आएको पक्कै हो । अरुको के गर्छ माओवादीको मुटुमा ढ्याङ्ग्रो चाहीँ बज्दैन,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्