काठमाडौं, १ चैत्र । नेपाली कांग्रेससँग निर्वाचन आयोगले लिखित जवाफ मागेको छ।
आयोगमा बुधबार नेकपा एमालेले उजुरी गरेपछि आयोगले कांग्रेससँग जवाफ मागेको हो।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा जसपाबाट उपराष्ट्रपतिमा उम्मेद्वार रहेका रामसहायप्रसाद यादवको पक्षमा मतदान गर्ने भन्दै निर्णय भएको खबर चर्चामा आएपछि एमालेले आचारसंहिता उल्लघन भएको भन्दै उजुरी गरेको थियो।
उजुरीपछि आयोगले कांग्रेसलाई लिखित जवाफ मागेको हो।