काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईलाई दोस्रो झटका लागेको छ।
युएईका ब्याटसम्यान मुहम्मद वासीमआउट भएका छन्। उनी ४९ बलमा ६३ रन बनाउँदै आउट भएका हुन्।
उनको विकेट सन्दीप लामिछानेले लिएका छन्।
टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएई ताजा अवस्थामा १६.२ ओभरमा २ विकेट गुमाउँदै ९८ रनमा रहेको छ।
यसअघि नेपाललाई पहिलो सफलता ललित राजवंशी दिलाएका थिए। उनले युएईंका ओपनर
आर्यन लाक्रालाई ६ रनमा आउट गरेका थिए।
यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।
खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।