काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईले शतक पूरा गरेको छ।
युएईले आफ्नो पहिलो विकेट २.५ ओभरमै गुमाएपनि आक्रमक ब्याटिङ गरिरहेको छ।
युएईका कप्तान तथा ओपनर ब्याट्सम्यान मुहम्मद वासीमले युएईका लागि आक्रमक सुरुआती दिलाएका थिए।
४३ बलमा नै आफ्नो अर्धशकत पूरा गरेका वासिम ४९ बलमा ६३ रन बनाउँदै आउट भए।
उनलाई सन्दीप लामिछानेले पवेलियन फर्काए।
युएई ताजा अवस्थामा १६.५ ओभरमा २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको छ।