काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईलाई तेस्रो झटका लागेको छ।
युएईका ब्याटसम्यान चुडाङ्गापोयल रिजवान ७ रन जोड्दै आउट भएका छन्। उनको विकेट दीपेन्द्रसिंह ऐरीले लिएका छन्।
टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएई ताजा अवस्थामा २३ ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रनमा रहेको छ।
नेपालले दोस्रो विकेटकारुपमा मुहम्मद वासीमलाई आउट गर्दै सफलता हात पारेको थियो। उनी ४९ बलमा ६३ रन बनाउँदै आउट भएका थिए।
उनको विकेट सन्दीप लामिछानेले पवेलीयन फर्काएका थिए।
यसअघि नेपाललाई पहिलो सफलता ललित राजवंशी दिलाएका थिए। उनले युएईंका ओपनर
आर्यन लाक्रालाई ६ रनमा आउट गरेका थिए।
यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।
खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।