काठमाडौं, २ चैत्र । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।
बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने एक नेताले बताए । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ । हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिएको छैन । यद्यपी पुरुष उमेद्धारलाई मत नदिने मनस्थितमिा रहेको रास्वपाले एमाले उम्मेदवारालाई मत दिन सक्ने आंकलन गरिएको छ