Logo

देउवा फेरि बन्दैछन् प्रधानमन्त्री



काठमाडौं, २ चैत्र । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारको नेतृत्व बारेमा दलहरुबीच भएको सहमतिको खुलासा गरेका छन् ।

कांग्रेस ललितपुर नगरसमितिले आज (बिहीबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निधिले गठबन्धनका दलबीच क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको खुलासा गरेका हुन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नेतृत्व देउवा नेतृत्वको सरकारले गर्ने उनले बताए । अहिलेको १० दलीय गठबन्धनको सरकार पुरै कार्यकाल कायम रहने उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्