काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन जोडेको हो।
युएईका लागि भृटया अरबिन्दले ९५ रनको योगदान गरे। उनले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन जोडे।
यस्तै ओपनीङ्ग ब्याटिङ गर्न आएका युएईका कप्तान मुहम्मद वासीमले आक्रमिक सुरुआती गरे। उनले ४९ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६३ रन जोडे। उनको आक्रमक लयलाई सन्दीप लामिछाने एलबीडब्लु गर्दै पवेलीयन फर्काए।
वासीमको आक्रमक लयलाई युएईका अर्का ब्याट्सम्यान आशीफ खानले कायम राखे। शतकीय पारि खेल्दै खानले ४२ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै १ सय १ रन जोडे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।
सन्दीपले १० ओभर बलिङ् गर्दै सर्वाधिक ८० रन खर्चिएर १ विकेट लिए।
सोमपाल कामीले ९ ओभर बलिङ गर्दा १ ओभर मेडिन राख्दै ७४ रन खर्चिएर १ विकेट लिए।
यस्तै, गुल्शन झाले ८ ओभरमा ६३ रन खर्चिएर विकेट विहीन बने।
यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।
खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।