Logo

नेपालको दोस्रो विकेट पतन



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालको दोस्रो विकेट पतन भएको छ।

नेपालका लागि कुशल मल्ल ५ बलमा ५ रन बनाउँदै आउट भए। उनलाई युएईका बलर जुनिद सिद्धुगीले पवेलीयन फर्काए।

युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा १.३ ओभरमा २ विकेट गुमाउँदै १० रन जोडेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्