Logo

१६ रन जोड्दै आउट भए कप्तान पौडेल



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ।

नेपालका लागि कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाउँदै आउट भए। उनलाई युएईका बलर आयान अफजल खानले आउट गरे।

युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा ६.५ ओभरमा ३ विकेट गुमाउँदै ३७ रनमा रहेको छ।

यसअघि पहिलो विकेट आशिफ शेख शून्य रन जोड्दै आउट हुँदा दोस्रो विकेटका रुपमा कुशल मल्लले ५ रन जोडेका थिए।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्