Logo

नेविसंघका असन्तुष्ट पक्षलाई अध्यक्ष शेर्पाको आग्रह– असन्तुष्टीहरु वहस र छलफलबाट टुङ्ग्याऊँ



काठमाडौं, २ चैत्र । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले असन्तुष्ट पक्षलाई वहस र छलफलबाट समस्याको समाधानका लागि आग्रह गरेका छन् । नेविसंघ केन्द्रीय समितिले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले संगठनभित्र केही असन्तुष्टी भए वहस र छलफलमार्फत टुग्याउन आफू तयार रहेको उनले बताएका हुन् । उनले आगमी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सहयोग गर्नका लागि पनि असन्तुष्ट पक्षलाई आग्रह गरे ।

‘केही साथीहरुमा असन्तुष्टी छ भने सबै कुराहरु स्ववियु चुनावपछि हामी सबै जना बसेर वहस र छलफलबाट टुंग्याऊँ । सबैजना एकीकृत भएर यसलाई सफल बनाउँ । यो चौध वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचनलाई अझैपनि धेरै ठाउँबाट भाँड्ने काम हुँदैछ । यो स्ववियु निर्वाचन कुनै पनि हालतमा भाँडिनु हुँदैन । यदि त्यस्तो प्रपञ्च भयो भने त्यसको प्रतिकार नेविसंघले गर्छ । सबै साथीहरुलाई यसको प्रतिकार गर्न तम्तयार भएर बस्न आग्रह गर्छु,’– उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्