Logo

स्ववियु निर्वाचन- नेविसंघको घोषणापत्र सार्वजनिक, यस्ता छन् नाराहरु…



 

काठमाडौं, २ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो । नेविसंघले स्ववियु निर्वाचनका विभिन्न नाराहरुसमेत सार्वजनिक गरेको छ ।

यस्ता छन् नेविसंघका नाराहरु

ज्ञान, विज्ञान, विवेक र चेतनाको रंग, सम्पूर्ण विद्यार्थीको साथी नेविसंघ

-बन्द गरौं हिंसा,असमानता र भय, निर्माण गरौं शान्तिपूर्ण र मैत्रीपूर्ण शिक्षालय

-गाउँ गाउँ मै गुणस्तरीय प्राविधिक शिक्षा, समय मै नतिजा, नियमित कक्षा र नियमित परीक्षा

अन्वेषण, अनुसन्धान र सृजनशीलता, नेविसंघको संकल्प आर्थिक पारदर्शिता
-सबैको पहुँचमा शिक्षा, पूर्ण साक्षरता नेविसंघको ईच्छा

– वैज्ञानिक, व्यावहारिक, प्राविधिक, खोजमूलक गुणस्तरीय शिक्षा प्रदान

-निशुल्क शिक्षा र स्वास्थ्य, युवा उद्यमशीलता र रोजगार मुख्य अभियान
– समतामूलक समाज र समृद्ध राष्ट्र निर्माणको लागि नेविसंघलाई मतदान

-महंगो शिक्षा र व्यापारीकरणको अन्त्य, समान शिक्षा प्रणाली नेविसंघको गन्तब्य

-तालाबन्दीको अन्त्य, रचनात्मक आन्दोलन, नेविसंघको नेतृत्व मै विद्यार्थीको माग सम्बोधन

-एक हातमा सर्टिफिकेट र अर्को हातमा रोजगार, स्वदेश मै शिक्षा, स्वदेश मै भविष्य निर्माणको आधार

-सुविधा सम्पन्न ई– लाइब्रेरी र छात्रावास, निशुल्क कोचिङ्ग, प्रशिक्षण र व्यक्तित्व विकास

-नेपाल विद्यार्थी संघको मूल मन्त्र, राष्ट्रियता, समाजवाद र लोकतन्त्र

-सम्पूर्ण विद्यार्थीहरुको अठोट, स्ववियु निर्वाचनमा नेविसंघलाई भोट

-नेविसंघ सम्पूर्ण विद्यार्थीहरुको साझा घर, नेतृत्व विकास र प्रतिभा प्रस्फुटनको अवसर

-कुशल नेतृत्व, स्वच्छ छवि र असल नियत, नेविसंघको नेतृत्वमा विद्यार्थी सहुलियत

-नेपाल विद्यार्थी संघको प्रण, कला, संस्कृति र प्राकृतिक स्रोतको संरक्षण

-लैंगिक हिंसाको अन्त्य र छात्रा शशक्तिकरण, गरिव,जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण

-लैंगिक अल्पसंख्यक र फरक क्षमताका विद्यार्थीलाई प्रोत्साहन, शिक्षालय भित्र समानता र समता नेविसंघको अभियान

-अन्त्य गरौँ भ्रष्टाचार, रोकौं महंगी, मूल्यवृद्धि र कालोबजारी, समाजको समस्या नेविसंघको दाहित्व र जिम्मेवारी

-स्वच्छ प्रतिष्पर्धा र शान्तिपूर्ण स्ववियु निर्वाचन, नेपाल विद्यार्थी संघलाई अत्याधिक मतदान

-तराई, पहाड, हिमालः फर्फराउँछ कलम मसाल, सम्पूर्ण विद्यार्थीलाई जय नेपाल!



प्रतिक्रिया दिनुहोस्