Logo

रासायनिक मलको मूल्यबृद्धि रोक्न छ किसान संगठनहरुको माग



काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान यूनियन, भैरवराज रेग्मी
अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (अप्फा) र दुर्गाप्रसाद जैसी अध्यक्ष अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति जारी गर्दै रासायनिक मलमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिई खेतीको समयमा किसानलाई हुने मलको अभाव सधैंका लागि तत्काल अन्त्य गर्न माग गरेको हो ।

‘रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोकियोस् । दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सँधैका लागि अन्त्य गरियोस्,’– संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साथै नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रममा किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी व्यवस्था गर्न पनि उनीहरुले आग्रह गरेका छन् । नेपाली कृषिलाई विदेशी तथा दलाल पुँजीपतिको हातमा जान र परनिर्भर बन्नबाट रोक्दै राष्ट्रिय कृषि तथा स्वदेशी किसानहरूको संरक्षण गर्नसमेत माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot