Logo

वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छु : प्रधानमन्त्री दाहाल



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको बताएका छन्।

बिहीबार गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको बताएका हुन्।

उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छु। पासपोर्ट बनाउँदा,मेडिकल टेस्ट गर्दा,अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दु:ख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दु:ख दिने,आलटाल गर्ने,ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।’



प्रतिक्रिया दिनुहोस्