काठमाडौं, २ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सचिवालयमा थप चार जना नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आफ्नो निजी सचिवमा पहिलाबाट नै स्वकीय सचिव रहेका चिरञ्जिवी अधिकारीलाई नियुक्त गरेका छन्।
यस्तै प्रेस सहयोगीमा खिला कार्की, निजी फोटोग्राफरमा अनिश रेग्मी र सुशील तिमल्सिना सचिवालय सहयोगीमा नियुक्त गरेका छन्।