Logo

नेमकिपा उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने



काठमाडौं, ३ चैत्र । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

‘पार्टी केन्द्रीय सचिवालयको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने र यो निर्णयअनुसार पार्टीका सांसदहरूलाई निर्देशन दिने निर्णय गरियो,’– प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot