Logo

प्रचण्डलाई सकस, गृह मन्त्रालय एकीकृत समाजवादीको दाबी



काठमाडौं, ३ चैत्र । नेकपा (एकीकृत समाजादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृह मन्त्रालयको दाबी गर्ने भएको छ । नेकपा (एस) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद पाण्डेले आफूहरुले प्रचण्ड नेतृत्वको सरकारमा गृहसहित तीन मन्त्रालयको दाबी गरिरहेको बताए । ‘हामिले गठवन्धनमा गृहसहित ३ मन्त्रालय दावि गरेका छौ हामिलाई गृहमन्त्री दिन प्रचण्ड सकरात्मक हुनुहुन्छ,’– उनले भने ।

गत पुष १० मा बनेको प्रचण्ड नेतृत्वको सरकारले पुनः चैत छ गते विश्वासको मत लिँदैछ । नेकपा (एमाले) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अहिले कांग्रेससहितको १० दलीय गठबन्धन रहेको छ । प्रचण्डले करिब १ महिनादेखि बोकिरहेको १६ वटा मन्त्रालयको भारी बिसाउन चाहेपनि उनलाई १० दलीय गठबन्धनलाई मिलाएर मन्त्रिपरिषद् विस्तार सकस रहेको छ ।



प्रतिक्रिया दिनुहोस्