Logo

उपराष्ट्रपति निर्वाचनमा रास्वपा पनि सहभागी हुने



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने निर्णय भएको बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने– ‘सहभागी हुने निर्णय भएको छ । हामी भोट हाल्न जाँदैछौं ।’

रास्वपाले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताउँदै आएपनि अन्ततः मतदान गर्ने भएको छ । कसलाई मत हाल्ने भन्ने बारेमा उनले खुलाउन चाहेनन् । यद्यपि राष्ट्रपति निर्वाचनमा पनि सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकाले रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot