Logo

उपराष्ट्रपति निर्वाचन– ५३ जनाले हालेनन् भोट



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सम्पन्न भएको छ । उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) भएको निर्वाचनमा संघ र प्रदेशका ५३ सांसद सहभागी भएनन् । मतदाता नामावलीमा ८८२ जनाको नाम भएपनि ८२९ जनामात्रै मतदानमा सहभागी भएको बताइएको छ ।

संघतर्फका २१ जना र प्रदेशतर्फका ३२ जना सांसदले मतदान नगरेका हुन् । संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ सांसद्ले उपराष्ट्रपति निर्वाचनमा मतदान गरे ।

राष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
-राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा– ४२ जना
-नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा– ४ जना
-राष्ट्रपति रामचन्द्र पौडेल– १ जना
-संघका चन्द्र चण्डारी (बिरामी) १ जना
-संघका वर्षमान पुन (बिरामी)  १ जना
-संघका सनाज रहमान (मृत्य) १ जना
-संघमा लक्ष्मी कोईरी महतो (फरार)  १ जना
-जसपा प्रदेश सांसद– १ जना
-संघको मनोरमा शेरचन (बिरामी)  १ जना

 



प्रतिक्रिया दिनुहोस्