काठमाडौं, ४ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल कुमारी घर पुगेका छन्।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वसन्तपुरस्थित कुमारी घर दर्शनका लागि पुगेका हुन्।
यस्तै, शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।
कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएका थिए। सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको थियो। कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा रहेको छ।