काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर, आन्तिरिक विवादका कारण त्रिविको १४ वटा क्याम्पसमा भने आज निर्वाचन स्थगित् भएको छ । निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाभित्रका ८ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो ।
काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये कोटेश्रर, अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ८ क्याम्पसमा निर्वाचन स्थगित् भएको छ ।
काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन ।