Logo

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्मा दर्ता हुँदै



काठमाडौं, ५ चैत्र । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा पेश हुने भएको छ । आज (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

हिजो (शनिबार) बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले उक्त विधेयक संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको थियो । शान्ति सम्झौता भएको छ महिनाभित्र संक्रमणकालीन न्याय टुंगो लगाउने भनिएपनि १६ वर्ष हुँदासम्म संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सकिएको छैन । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएपछि यस विषयमा सरकारले विशेष चासो देखाएको छ ।

सरकारले गत फागुन २५ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । यो विधेयक द्वन्द्वकालीन मुद्दाहरुलाई व्यवस्थापन गर्न बनेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot