Logo

नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि….



काठमाडौं, ५ चैत्र । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना गर्भवती भएको हल्ला अहिले समाजिक सञ्जालमा व्यापक छ । उनको व्यक्तिगत जीजनलाई लिएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यापक हल्ला भएपछि उनले प्रेस काउन्सिलकोसमेत ध्यानाकार्षण गराएकी छन् ।

केही दिन अघि अनलाइन मिडियाहरु र युट्युवमा ‘गर्भवती भईन् निता,’ ‘विहेपछि निता आमा बन्दै,’ ‘निताले सुनाईन् गर्भवती हुँदाको अनुभव, भन्छिन् भगवानको देन हो’ लगायतका हेडलाइन राखेर उनको बारेमा समाचारहरु सम्प्रेशन भएको थियो ।

सामाजिक सञ्जालमा उनको व्यक्तिगत जीवनलाई लिएर व्यापक चर्चा र आलोचना भएपछि उनले लेखेकी छन्– ‘सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ ।’

गत बिहीबार मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा त्यहाँ पुगेको केही पत्रकारहरुले भिडियोका कुरा व्यक्तिगत जीवनका कुरा भन्दै भ्रामक हेडलाइन राखेको उनको आरोप छ । उनले यस्ता क्रियाकलापप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलकोसमेत ध्यानाकार्षण गराएकी छन् ।

‘बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु,’– उनले लेखेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्