Logo

एमाले सांसद पन्तको आग्रह– ‘चितवनको स्टेडियम तत्काल निर्माण सुरु गर्नुपर्यो’



काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले चितवनको स्टेडियम सरकारले लिएर तुरुन्त निर्मार्ण गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै पन्तले खेलाडिसँग अपेक्षा गर्ने सरकारले उनीहरुको विकासका लागि भौतिक संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

‘चितवनमा धुर्मुस–सुन्तलीले बनाएको स्टेडियम त्यत्तिकै थन्केर बसेको छ, बेबारिसे भएर । त्यसलाई सरकारले तुरुन्तै लिनुपर्यो र त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर स्टेडियमलाई विस्तार गर्नुपर्यो र मुलपानीको स्टेडियम बनाउनु पर्यो,’– उनले भने ।

खेलाडीसँग अपेक्षा राख्ने सरकारले खेल जित्दा एक दुई लाख पुरस्कार घोषणा गरेर मात्रै नहुने उनले बताए । नेपाली खेलाडीहरुको क्रिकेटमा ठूलो सम्भावना रहेको उनको दाबी छ ।

‘खेलाडीहरुसँग अपेक्षा गर्ने, खेलाडीले जित्दा एक दुई लाख रुपैयाँ प्ुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्