Logo

स्ववियु चुनाव– पर्वत क्याम्पसमा गठबन्धन विजयी



काठमाडौं । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सतिश रेग्मी निर्वाचित बनेका छन् ।
आज भएको निर्वाचनमा रेग्मी र अखिल क्रान्तिकारीका उम्मेदवारको प्यानल विजयी भएको हो । जम्मा खसेको १८५ मतमध्ये रेग्मीले १३१ मत पाएका थिए ।

त्यस्तै, सचिवमा लक्ष्मण रेग्मीले ११४ मत ल्याएका छन् भने कोषाध्यक्षमा पवित्रा नेपाली ११९ मतसहित विजयी बनिन् । सदस्यहरुमा पूजा कुमारी पोखरेल, मनिषा परियार र सबिना क्षेत्री निर्वाचित बने ।



प्रतिक्रिया दिनुहोस्