Logo

जसपाले स्वीकृत गर्यो उपराष्ट्रपति यादवको राजीनामा



काठमाडौं, ६ चैत्र । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलको नेतासमेत रहेका यादवको राजीनामा गत चैत्र ३ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।

(गत चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवको राजीनामा जसपा अध्यक्ष उपेन्द्र यादवले आज स्वीकृत गरेका हुन् । उनी अब जसपाको साधरण सदस्यसमेत रहने छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्