काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । आफूहरुले राजीनितक स्थिरताको प्रतिपद्धतासहित सरकार गठन भएपनि राष्ट्रिय सहमतिको प्रस्ताव पछि आफूले फेरि विश्वासको मत लिन परेको उनले बताए ।
उनले आफू नेतृत्वको सरकारमा सबै मन्त्रीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको सुनाए । तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनमा आफ्नो प्रस्तावपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको र समर्थन पनि फिर्ता लिएको स्मरण गराउँदै दाहालले आफूले संविधानतः फेरि पनि विश्वासको मत लिन लागेको बताए । उनले एमाले र राप्रपाले गरेको निर्णयको मूल्यांकन ती दलले नै गर्ने बताए ।