
चैत ६ काठमाडौं । जसपा नेपालकी नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा ९२० र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम ९५० बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।