Logo

पूर्वमहासचिव पालुङवाको उपचारमा तरुण दलको आर्थिक सहयोग



काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका पूर्व केन्द्रीय महासचिव पदम पालुङवालाई तरुणदलले आर्थिक सहयोग गरेको छ ।

लामो समयदेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका पालुङवालाई नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

उनको उचार सहयोगार्थ एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सहयोग कार्यक्रममा तरुण दल केन्द्रीय मुख्य सचिव ठानप्रसाद पोखरेल, तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा, तरुण दल सिन्धुपाल्चोक अध्यक्ष सन्जय लामा, तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ, तरुण दल काभ्रे अध्यक्ष सुजन लामालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्