Logo

दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं ८, चैत । साताको चौंथो दिन बुधबार नेप्से दाहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा बन्द भएको छ
अघिल्लो दिन सोमबारमात्रै २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा कायम भएको थियो ।

आज ३७ लाख ७७ हजार ४०० कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्