काठमाडौं ९ चैत्र, । धरानमा क्रियाशील राजनीतिक दलहरूले धरानका नगर प्रमुख हर्कराज राईको स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन आग्रह गरेका छन् ।
धरानका सकृयरुपमा क्रियाशील रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
सात राजनीतिक दलले जारी गरेको विज्ञप्तिमा नगर प्रमुख राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।