Logo

नेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति शर्मा



काठमाडौं, ९ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका छन्।

बिहीबार पोखरामा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै प्रधानसेनापति शर्माले सेनाले निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका हुन्।

‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ। विभिन्न सञ्चार माध्यमबाट र सामाजिक सञ्जालबाट प्रशारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईंहरु टाढै रहनुपर्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्