Logo

देउवा–नेपालसँग निर्णायक छलफलमा प्रचण्ड



काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । १० दलीय गठबन्धन र केही स्वतन्त्र सांसदहरुबाटसमेत विश्वासको मत पाएका प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा भागबण्डा मिलाउन भने सकस भएको छ ।

प्रधानमन्त्री पछि सबैभन्दा महत्वका साथ हेरिएको गृह, अर्थ र परराष्ट्र मन्त्रालयमा सबै दलको दाबी भइरहँदा प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

गठबन्धनका शीर्ष नेताहरुसँग मन्त्रिपरिषद विस्तारका बारेमा निर्णायक छलफल गर्ने तयारीमा प्रचण्ड रहेका उनी निकट स्रोतले बताएको छ । आज गठबन्धन शीर्ष नेताहरुसँगको छलफल पछि एक दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्