Logo

राष्ट्रिय जनगणना २०७८ का मुख्य – मुख्य बुदाँ



काठमाडौं, १० चैत  ।  राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । आज एक कार्यक्रमबिच प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन ।

जनगणनाका मुख्य बुदाँहरु
१. जनसंख्या
राष्ट्रिय जनगणना २०७८ को अन्तिम बिवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।जसमा महिलाको संख्या १ करोड ४९लाख ११हजार २७ अर्थात (५१. ०२)प्रतिशत र पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३हजार ५५१अर्थात (४८.९८ ) प्रतिशत र अन्य दुई हजार ९२८ रहेका छन ।

२.वार्षिक जनसंख्या वृद्धिदर
राष्ट्रिय जनगणना २०७८ को अन्तिम बिवरण अनुसार नेपालको वार्षिक जनसंख्या वुद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

३.लैङ्गििक अनुपात

राष्ट्रिय जनगणना २०७८ को अन्तिम बिवरण अनुसार नेपालको लैङगिक अनुपात प्रति सय जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको छ ।

४.जनघनत्व
राष्ट्रिय जनगणना २०७८ को अन्तिम बिवरण अनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ,। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा
४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर
रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रति वर्ग किलोमिटर) र
सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको छ ।

५.परिवार संख्या

२०६८ सालको जनगणना अनुसार ५४,२७,३०२ परिवार संख्या रहेकोमा हाल उक्त संख्या करिव २३ प्रतिशतले बढेर ६६,६६,९३७ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् ।

६.परिवारका औसत आकार
२०७८ को जनगणना अनुसार नेपालमा प्रति परिवार अक्सरबसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना,पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट
जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको
छ ।
७. नगरपालिका तथा गाउँपालिकाको जनसंख्या
२०७८ सालको जनगणनामा नगरपालिकाहरुको जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरुको जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरुको जनसंख्या
३६.८१ प्रतिशत रहेको थियो । गत २०६८ सालको जनगणनामा नगरपालिका क्षेत्रको लैङ्गिक अनुपात ९५.८९ रहेकोमा २०७८ को नतिजा अनुसार ९६.०६ कायम भएको छ भने गाउँपालिका क्षेत्रमा गत जनगणनाको ९१.२७ बाट बढेर ९४.६८ पुगेको छ ।

८. सबै भन्दा धेरै र कम जनसंख्या भएका जिल्ला ५ ५ जिल्लाहरु
प्राप्त नतिजाअनुसार देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा २०,४१,५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोवास रहेको छ । मोरब, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरु हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताब, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

९. भौगोलिक क्षेत्रअनुसार जनसंख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ, जुन दश वर्ष अघि अर्थात २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३
प्रतिशत (१७,८१,७९२ जना) रहेको थियो ।

१०. प्रदेश अनुसार जनसंख्या
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः कोशी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

११. खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन
राष्ट्रिय जनगणना२०७८ को नतिजाले देशका कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल.पि.ग्याँस,
बिजुली, गुईठा÷गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत
क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ ।

१२.शौचालयको सुविधा
राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका ६६,६०,८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ ।

१३.परिवारमा महिलाको नाममा रहेको घरजग्गा
जनगणना २०७८ को नतिजा अनुसार कुल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर
वा जग्गा वा घरजग्गा दुबै रहेको छ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा
दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो ।

१४. परिवारमा अनुपस्थित (विदेश गएका) व्यक्ति
राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

१५. महिला परिवारमूली
राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् जुन २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढि हो ।

१६. वैवाहिक अवस्था
प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिलाहरु उनीहरुको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।

१७. पहिलो विवाह गर्दाको उमेर
राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरु (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत छन् । दश वर्षमूनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।

१८.अपाङ्गता
राष्ट्रिय जनगणनामा २०७८ बाट प्राप्त नतिजाअनुसार कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । २०६८ को जनगणनामा कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिमा कुनै एक वा एक भन्दा बढी प्रकारको अपाङ्गता रहेको थियो ।

१९. साक्षरता दर
देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

२०. उत्तीर्ण गरेको शैक्षिक तह
राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् । यसैगरी एस.एल.सि. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।

२१. महिलाको प्रजनन् अवस्था
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५–४९ वर्षका विवाहित महिला (६१,४५,०३९ जना) मध्ये १२ प्रतिशतले गणनाको समयसम्म कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत रहेको छ । गणनाको समयसम्म १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेका छन् भने ९ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत रहेको छ । १५–४९ वर्षका कुल ६१,४५,०३९ विवाहित महिलालेहालसम्म १,२७,९९,९६९ बच्चा जन्माएका छन् । जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत रहेको छ । कुल जीवित जन्मेका बच्चाहरुमध्ये ३.२ प्रतिशतको मृत्यृ भएको थियो । मृत्यु भएका बच्चाहरुमध्ये छोरा ५७.६ प्रतिशत र छोरी ४२.४ प्रतिशत रहेको छ ।

२२. मातृमृत्यु सम्बन्धी विवरण
राष्ट्रिय जनगगणना २०७८ को नतिजा अनुसार गणनाको सन्दर्भ अवधि (गणना भएको दिन देखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन् उमेर समूह (१५–४९ वर्ष) का १२,९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सी बाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत ) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।

२३. बालबालिकाको जन्मदर्ता सम्बन्धी अवस्था
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३० लाख ७ हजार ६४८ जना बालबालिका मध्ये ७४.० प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २६ प्रतिशतको जन्मदर्ता नगरेको देखिन्छ । यसैगरी जन्म दर्ता गरेको संख्या हिमालमा ८१.९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३.७ प्रतिशत देखिन्छ भने प्रदेशगत रुपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७.३ र कम बागमती प्रदेशमा ६७ प्रतिशत मात्र जन्म दर्ता गरेको देखिन्छ ।

२४. आर्थिक रुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका २,३९,५८,८६८ जना यक्तिहरु मध्ये १,५६,८९,७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२,११,०१२ जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८,०७९ जना रहेका छन् ।

२५. बालबालिकाको जन्मदर्ता सम्बन्धी अवस्था
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३० लाख ७ हजार ६४८ जना बालबालिका मध्ये ७४.० प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २६ प्रतिशतको
जन्मदर्ता नगरेको देखिन्छ । यसैगरी जन्म दर्ता गरेको संख्या हिमालमा ८१.९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३.७ प्रतिशत देखिन्छ भने प्रदेशगत रुपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७.३ र कम बागमती प्रदेशमा ६७ प्रतिशत मात्र जन्म दर्ता गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्