Logo

विश्वासको मत : ६७ दिनमा ६७ मत पाए मुख्यमन्त्री जम्कट्टेलले



काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल शुक्रबार विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा उपस्थित ९१ जना सांसद्‍हरु मध्ये ६७ जनाले उनको पक्षमा हस्ताक्षर गरेका छन् भने १७ जना सांसद्‍‍हरुले विपक्षमा मतदान गरेका छन्।

यस्तै, ७ जना सांसद्‍हरु तटस्थ बसेका छन्।

संयोगवश उनी मुख्यमन्त्री बनेको ६७ दिनमा ६७ मत प्राप्त गर्दै दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।

जम्कट्टेल माओवादीबाट मुख्यमन्त्री बनेका हुन् भने बागमती प्रदेशमा सरकारमा रहेको एमालेले आजै सरकार छोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot