काठमाडौं, ११ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचनका बारेमा विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाले देशलाई आर्थिक र राजनीतिक बोझ बढेको उनको बुझाई छ । नेपालका लागि अर्वांै तलव भत्ता खाने प्रदेश मन्त्री र सांसद आवश्यक नरहेको उनले बताएका छन् ।
नेपाली सेना राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला भएको दाबी गर्दै उनले सेनको संख्या घटाउन बहस गर्नु भन्दा प्रदेश संरचनामा पुनर्विचारको आवश्यकता औंल्याएका हुन् ।
‘राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने वारे बिचार गरौं,’– सामाजिक सञ्जालमा उनले भनेका छन् ।
त्यसैगरी, ‘के नेपालको निम्ति अर्वौं तलवभत्ता खाने करिब सयको संख्यामा प्रदेशमन्त्री र पाँचसय प्रदेश सांसद आवश्यक छ ?’ भनी उनले प्रश्न गरेका छन् ।
राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने वारे बिचार गरौं।
के नेपालको निम्ति अर्बौ तलवभत्ता खाने करिव सयको संख्यामा प्रदेशमन्त्री र पांचसय प्रदेशसांसद आबश्यक छ?— Kamal Thapa (@KTnepal) March 25, 2023