Logo

स्ववियु निर्वाचन– एनसीसी क्याम्पसको निर्वाचन तालिका परिवर्तन



काठमाडौं, ११ चैत्र । नेपाल कमर्स क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तालिका संशोधन भएको छ । आज (शनिबार) विहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने भनिएपनि निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

एनसीसी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान आज विहान साढे ११ बजेदेखि बेलुकी साढे ५ बजेसम्म हुने बताइएको छ । यसअघि निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत तुल्सी रेग्मी शुक्रबार बेलुकादेखि सम्पर्कविहीन भएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot