Logo

मन्त्री बन्न प्रस्ताव नआएको गगनको खुलासा



काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगनकुमार थापाले आफूलाई मन्त्री बन्नका लागि कुनै प्रस्ताव नआएको बताएका छन् । आज (शनिबार) पार्टी क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर मिडियामा हल्ला आएजस्तो आफूलाई प्रचण्ड–देउवाले अर्थमन्त्रीका लागि प्रस्ताव नै नगरेको बताएका हु्न् ।

साथै आफू पार्टीलाई अझै मजबुद कसरी बनाउन सकिन्छ भनेर लागिपरेको उनले बताए । अहिलेसम्ममा आफूले जति पाएको लडेर नै पाएको उल्लेख गर्दै उनले आगामी आम निर्वाचनमा कांग्रेसले एक्लै निर्वाचन लड्नसक्ने बनाउने प्रयत्नमा आफू रहेको बताए ।

‘२०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्छ । अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot