Logo

तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री दाहाल



काठमाडौं, ११ चैत्र । आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन्। शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको दाबी गरेका हुन्।

यस्तै, दाहालले पछिल्ला तीन महिनाको अवधिमा आफूले मैदानमै पुगेर खेलाडीहरुलाई हौसला मात्रै नबढाइ प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गरेकोपनि दाबी गरे।

‘खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तरक्रिया गर्दै आइरहेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘यसबाट नै तपाईंहरूलाई प्रष्ट हुन्छ, वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।’



प्रतिक्रिया दिनुहोस्