Logo

विदेशबाट फर्किएका युवाहरुलाई सही परिचालन गर्न आवश्यक छ– केपी ओली



काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुको सीपलाई सही रुपमा परिचालन गर्न सकेमात्र समृद्धि सम्भव रहेको बताएका छन् । रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरुले विदेशमा सिकेको सीपलाई नेपालमा सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

स्वदेश फर्किएका युवाहरुलाई नेपालमै टिकाउन र उनीहरुको श्रम र सीप देश विकासका लागि प्रयोग गर्न स्थानीय सरकारदेखि संघीय सरकार उत्तिकै जिम्मेवार हुनु पर्नेमा उनको जोड छ । विदेशबाट फर्किएका एमाले निकट युवाहरुको संगठन रिटर्नी फेडेरेशन नेपालको महाधिवेश आज र भोलि चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्ष ओलीले रिटर्नी फेडेरेशन नेपाललाई विदेशमा सिकेका सीप र श्रमलाई स्वदेशमै सदु्पयोग गर्नसमेत आग्रह गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्