Logo

मधेसका ६ जिल्लामा जनमतका कमाण्डर तोकिए



काठमाडौं, १० चैत्र । जनमत पार्टीले मधेस प्रदेशका ६ जिल्लामा कमाण्डर तोकेको छ। शुक्रबार पार्टी अध्यक्ष सीके राउतले एक सूचना जारी गर्दै मधेसका ६ जिल्लामा इन्चार्ज तोकेको जनाएका छन्।

उनले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन्।

ती जिल्लामा पार्टीको कामकारवाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको राउतले जारी गरेको सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot