Logo

प्रचण्डले धोका दिएर पुरानै गठबन्धनमा फर्किनुभयो– विष्णु पौडेल



काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहितको गठबन्धनबाट पद पाएपछि धोका दिएको टिप्पणी गरेका छन् ।

आज(आइतबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री प्रचण्ड आफ्नो स्वार्थ पुरा भएपछि एमालेलाई धोका दिएर पुरानै गठबन्धनमा फर्किएको आरोप लगाएका हुन् ।

साथै, अहिलेको सरकार नेपालमा रहेका दलहरुको समीकरणबाट मात्रै बनेको नभएर विदेशीकोसमेत चलखेल रहेको उनको आरोप छ । आफूहरु मुलुकलाई स्थायित्व र विकासतर्फ लैजानु पर्छ भन्ने उद्देश्यका साथ सरकारमा गएपनि प्रचण्डले धोका दिएको उनले बताए ।

‘हामी मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भनेर सरकारमा सहभागी भएका थियौं । उहाँ (प्रचण्ड) सम्बन्धबाट घर्किन थाल्नुभयो। धोका दिनुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot