Logo

सत्ता साझेदार दलसँग छलफल गर्दैं प्रचण्ड



काठमाडौं १२ चैच । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्डले’ आज सत्ता साझेदार दलसँग छलफल गर्ने भएका छन् ।
आज बेलुका गठवन्धनमा आवद्ध सबैदलका शीर्ष नेताहरुसँग बालुवाटारमा मन्त्रीपरिषद पुर्नगठनको विषयमा छलफल गर्न लागेको उनको सचिवालय स्रोतले जनाएको छ ।

दलहरुबिच मन्त्रालको विषयमा सहमती जुट्न नसक्दा मन्त्रीपरिषद विस्तारमा ढिलाई भईरहेको छ । गठवन्धनमा आवद्ध दलका सँख्या धेरैहुँदा प्रचण्डलाई भागबण्डा मिलाउन सकस भईरहेको छ ।
आज सबै दलसँग परामर्शगरी भोलिसम्मा मन्त्रीपरिषद विस्तार गर्ने तयारी प्रचण्डले गरेका छन, त्यस्को लागी निरन्तर रुपमा छलफल गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot