Logo

वेदुराम भुसालको नेतृत्वमा नेकपा (एस) सरकारमा सहभागी हुने



काठमाडौं, १२ चैत्र । नेकपा(एकीकृत समाजवादी) पार्टी वेदुराम भुसालाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । नेकपा(एस) को महासचिव छाडेर उपाध्यक्ष बनेका भुसाल राष्ट्रिय सभा सदस्य हुन् । घनश्याम भुसालका लागि पार्टीको महासचिव छाडेर उनी उपाध्यक्ष बनेका थिए ।

नेकपा (एस) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन वटा मन्त्रालयको दाबी गरिरहेको छ । पहिलो चरणमा भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउन तयारीमा नेकपा (एस) रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot