Logo

गृहमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ



काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) बाट सरकार सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि गृह मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री प्रचण्ड स्वयंले सम्हालिरहेका छन् ।

सत्ता गठबन्धनमा भागबन्डा मिलाउनका लागि माओवादीले गृहमा श्रेष्ठलाई पठाउने तयारी गरेको हो । आज (आइतबार) उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot