काठमाडौं १२ चैत । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवरलाई आईजिपीको दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
आज (आइतवार)गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले कुँवरलाई आईजिपिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।
गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको ३० औँ महानिरीक्षकमा कुँवरलाई नियुक्तगर्ने गृहमन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो ।
चैत ८ गते कुँवरसँगै, टेकप्रसाद राई , दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्यपनि डिआजीबाट एआईजीमा बढुवा भएका थिए ।
यसअघी आईजिपी रहेका धिरेन्द्रप्रताप सिंहको कार्यकाल चैत १० मा सकिएको थियो । २०७९ बैशाख १८ मा नियुक्त भएका सिंह नेपाल प्रहरीको २९ औँ महानिरीक्षक भएका थिए ।