Logo

पूर्वराजा शाहलाई माओवादी नेताको आग्रह- ‘राष्ट्रपतिको चुनाव लड्नुस्’



काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण विडारीले पुर्वराजाज्ञानेन्द्र शाहलाई निर्वाचनमा सहभागी भएर राष्ट्रपति बन्नका लागि आग्रह गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा सहभागी भएर चुनाव लड्ने र राष्ट्रपतिसम्म हुने अधिकार पूर्वराजा शाहको पनि भएको र पुनः राजतन्त्र फर्काउने सपना भने नदेख्न उनले आग्रह गरेका हुन् ।

‘ज्ञानेन्द्र शाह राजनीतिमा आउनु भयो र राष्ट्रपतिमा चुनाव लड्छु भन्नुभयो भने पाउनुहुन्छ । कुनै निर्वाचन क्षेत्रमा चुनाव लडेर प्रधानमन्त्री बन्छु भने पनि पाउनुहुन्छ । उहाँको पनि मौलिक अधिकार हो । उहाँको पालामा थिएन । हामीले संघर्ष गरेर सहिद बनेका सहिदहरुको सपना अनुसार चाहिँ उहाँले प्राप्त गर्नु भएको छ । त्यसमा मेरो उहाँलाई शुभकामना छ । आउनुस् राष्ट्रपतिको चुनाव लड्नुस् । मरो आग्रह छ । तर, अब राजनतन्त्र व्युँतिनेवाला छैन,’– उनले भने ।

साथै, नेपालमा केही व्यक्ति राजावादी हुँदैमा राजतन्त्र आउँछ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । फ्रान्समासमेत कहिले काही राजतन्त्र जिन्दावाद भन्दै नारा लाग्ने गरेको उदाहरण दिँदै उनले राजावादी हुँदैमा राजतन्त्र आउँछ भन्ने भ्रममा पर्न नहुने बताए ।

‘फ्रान्समा अहिले पनि कहिलेकाही सडकमा राजतन्त्र जिन्दावाद भन्ने नारा लाग्छ । त्यसको अर्थ फ्रान्समा अब राजतन्त्र आउँछ त ? त्यसो भएको हुनाले यहाँ राजतन्त्रवादीहरु छन् । उनीहरुले सपना देखिरहन्छन् । कहिलेकाही बर्बराउँछन् । तर, राजतन्त्र भन्ने चिज नेपालमा अब हुँदैन,’– उनले भने ।

राजतन्त्रको समयमा नेपालका मुर्तिहरु विदेश तस्करी भएको उनको आरोप छ । साथै तत्कालीन समयमा राजतन्त्रको आडमा लागूऔषधसमेत तस्करी हुने गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot